श्रावण ४, २०८२ आइतबार July 20, 2025

कांग्रेस निरन्तर आन्दोलनमा : नेता सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्ने बताउनुभएको छ ।

मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २३औँ साधारणसभामा उहाँले लोकतान्त्रिक मूल्य मान्यता एवं संविधान विपरीत हुने कामको समर्थन कांग्रेसले गर्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता गगनकुमार थापा, वाग्मती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, समाजका संस्थापक सभापति कृष्ण पहाडी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, कवि अर्जुन पराजुली, समाजका सभापति उत्तम पुडासैनी, काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनी लगायतले संविधानासभाबाट बनेको संविधान रक्षा गर्ने हो भने प्रतिनिधिसभा पुनस्थापना हुनुपर्नेमा जोड दिनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया