काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ। भोली (आइतबार) मध्याह्न १२ बजे कोटेश्वर पेरिसडाँडामा स्थायी कमिटी बैठक राखिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठका अनुसार शनिबार बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकले पार्टीका हालका एजेन्डाहरूमाथि अनौपचारिक छलफल गरेका थिए । ‘भोलि बस्ने स्थायी कमिटी बैठकमा थप एजेन्डामाथि छलफल हुन्छ,’ श्रेष्ठले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी छन् । प्रतिनिधिसभा विघटन पश्चात नेकपा दुई समुहमा विभाजन भएको छ । एक समुह प्रधानमन्त्री समेत रहेका केपी शर्मा आलीले नेतृत्व गरेका छन् । भने अर्को समुहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम अलोकतान्त्रिक र गैरसंवैधानिक भएको भन्दै नेकपा दाहाल-नेपाल पक्ष निरन्तर आन्दोलनमा छ। उक्त कदमको विरोधमा परेका एक दजर्न बढि रिट हाल सर्बोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया