श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेकपा (प्रचण्ड-नेपाल) समूह र जसपाबीच सहकार्य गराउने चिनको नयाँ रणनीति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपाल बीच विस्तारै सहकार्यको वातावरण बन्न थालेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा.बाबुराम भट्टराईबीच निरन्तर भेटघाट हुनुले त्यसको पुष्टि गरिरहेको छ ।

विगत एक सातादेखि उनीहरुबीच निरन्तर भेटघाट र छलफल भएपछि सहकार्यका लागि जनता समाजवादी पार्टीका अर्का नेता उपेन्द्र यादव पनि सकारात्मक रहेको बताइएको छ । प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई मिलाउन नसकेपछि चिनियाँहरुको ध्यान तराई मधेशमा केन्द्रीत पार्टी जनता समाजवादी सहितको सोसलिष्ट सेण्टर बनाउनेतर्फ केन्द्रीत हुँदा प्रचण्ड–बाबुरामको भेटलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।

‘चिनियाँहरु अहिले पनि प्रचण्ड र ओली मिल्नुपर्छ भन्ने लाइनमा छन् यद्यपि उनीहरु मिल्न सकेनन् भने चुनावसम्म मिलाउने पक्षमा छन् । त्यतिमात्र होइन कांग्रेससँग जसपालाई नजिक हुन नदिने पक्षमा छन् । त्यसैको परिणाम उपराष्ट्रपति नन्दबहादुर पुनले प्रचण्ड र बाबुरामबीच वार्ताको वातावरण बनाइरहेका हुन्’, स्रोतले भन्यो ।

सुरक्षा स्रोतका अनुसार प्रचण्ड र बाबुरामबीच भएको भेटघाटबारे बालुवाटार पनि जानकार रहेको छ । उपराष्ट्रपति पुन यतिबेला नेकपा (प्रचण्ड–नेपाल) समूह र जसपाका अध्यक्षद्धय डा बाबुराम भट्टरार्इ र उपेन्द्र यादवबीच सहकार्य गराउने कसरतमा लागेका छन् ।

विगत एक सातादेखि पुनले सो समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व माओवादी नेतासमेत रहेका जसपाका अध्यक्ष भट्टराईबीच निरन्तर भेटघाट गराउने र दुई समूहलाई मिलाएर लैजाने प्रयास गरिरहेका उनले यो खेल के का लागि गरिरहेका छन् भन्ने बारेमा केही नखुले पनि यसमा चिनियाँहरुको सक्रियता रहेको स्रोतको दाबी छ ।

उनले उपराष्ट्रपति निवासलाई दुई अध्यक्षको भेटघाट गर्ने थलोको रुपमा परिणत गरिरहेका छन् । शुक्रबार पनि भृकुटीमण्डपको आमसभा सिध्याएर प्रचण्ड उपराष्ट्रपति कार्यालयमा पुगेर डा. बाबुरामसँग भेटघाट गरेका थिए । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईबीच गोप्य छलफल भएको थियो ।

सो समूहले काठमाडौमा आयोजना गरेको विशाल विरोध सभासकिएपछि लगत्तै उपराष्ट्रपति पुनलाई साक्षी राखेर पूर्व माओवादीका दुई शीर्ष नेताबीच छलफल भेटघाट भएको थियो । चिनियाँ पक्षले दुवै नेकपाका नेताहरुसँग निरन्तर छलफल गरे पनि परिणाम हासिल गर्न सकेका छैनन् ।

चिनियाँ टोलीले प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई ठूलै लगानी गरेका कारण धोका नदिने विश्वास लिएको थिए । तर अहिले ओलीले विश्वासघात गरेको भन्ने मनस्थितिमा पुगेपछि भने जसपा र प्रचण्ड समूहको सहकार्यका जोड दिएको स्रोतको दाबी छ ।

 ‘चिनियाँको लगानी राम्रै थियो, त्यही लगानीकै आधार र बलमा ओली पक्ष निर्वाचनमा जान हौसिएको हो तर चिनियाँहरुले कोर्ष बदलेर माधव नेपाल र प्रचण्ड तथा जसपालाई एकठाउँमा उम्भाए भने ओली पक्ष चुनावमा कमजोर हुने अवस्था आउछ’, सुरक्षा स्रोतको दाबी छ ।

जसपामा पूर्व एमालेबाट गएका अशोक राई राजेन्द्र श्रेष्ठहरु रहेका छन् । पूर्व माओवादीबाट गएका डा. बाबुराम भट्टराई र गंगा श्रेष्ठ सक्रिय रहेका छन् । चिनियाँहरुको बुझाई भने पूर्व माओवादी र पूर्व एमालेलाई प्रचण्ड–नेपाल समूहमा मिलाउने कोसिस पनि भैरहेको छ ।

 ‘कम्युनिष्ट ब्याकराउण्डका जसपा नेताहरुलाई सकेसम्म माधव प्रचण्ड समूहमा ल्याउने सकिएन भने पनि चुनावी सहकार्यका लागि सोसलिष्ट केन्द्र बनाएर अघि बढाउने चिनियाहरुको रणनीति देखिन्छ’, स्रोतको दाबी छ ।

स्रोतका अनुसार जसपाभित्र प्रचण्ड–नेपालले नेतृत्व गरेको पार्टीलाई कति हदसम्म विश्वास गरेर जाने भन्ने सन्दर्भमा विवाद कायमै रहेकाले सो विवादलाई कमजोर बनाउने प्रयास स्वरुप भट्टराई र प्रचण्डको भेट भएको भनेर पनि अर्थ्याउन थालिएको छ ।

तराई मधेशमा केन्द्रीत रहेका पार्टीहरुले चिनिया पक्षलाई तराई मधेशमा लगानी बढाउन आग्रह गरिरहेका बेला राजनीतिक रुपमा पनि चिनियाँले चाहेजस्तो अवस्था खडा गर्न उनीहरु लागेको अनुमान गर्न थालिएको छ । हाम्राकुरा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार