काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ । आइतबार पार्टी केन्द्रिय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।
गत २ माघमा बसेको स्थायी कमिटी बैठकले ओली र महासचिव विष्णु पौडेललाई समेत कारबाहीका लागि स्ष्टीकरण सोध्ने निर्णय गरेको थियो । सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपानेसहितका नेताहरुले बालुवाटारमा पुगेर स्पष्टीकरण पत्र बुझाएका थिए । तर ओलीले जवाफ नदिएकाले केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरेर निस्काशन गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
यससंगै बैठकले पार्टी कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थपेको छ भने उपसचिवमा मोहन गौतमलाई मनेनित गरेको जनाएको छ
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया