श्रावण ४, २०८२ आइतबार July 20, 2025

घोषणा गरेकै समयमा चुनाव हुन्छः प्रधानमन्त्री ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढङ्गले नै गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकास्थित राप्ती नदीमा निर्मित पुलको आज उद्घाटनपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सरकारले निर्वाचनमार्फत नयाँ ताजा जनादेशका लागि जनतामा जाने भनेर निर्वाचनको घोषणा गरेको स्पष्ट गर्नुभयो ।

सरकारले घोषणा गरेकै समयमा चुनाव हुने स्पष्ट गर्दै उहाँले निर्वाचनको तयारीमा जुट्न नेताकार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले आफ्नो दलले नेकपाका कोहीकसैलाई कारवाही नगरेको बताउँदै भन्नुभयो, “गल्ती महसुस गरेर आउनुभएमा उहाँहरुको पद केही गरेका छैनौँ ।” उहाँले निर्वाचन आयोगको निर्णयले पनि पार्टी नटुक्रिएको सन्देश दिएको बताउनुभयो ।

उहाँले जनतालाई अधिकारसम्पन्न बनाउन, अधिकार प्रयोग गर्न अधिकारसम्म पुग्ने अवसरमा पहुँच निर्माण गर्न, अवसरको उपलब्धता, सामाजिक न्याय र समानता, पछाडि परेका समुदायको उत्थान, सुशासनसहितको समृद्धिको मार्गमा अघि बढ्ने र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने आफूहरुको मुख्य लक्ष्य तथा विकासका पूर्वाधार निर्माणमा सरकार तीव्र गतिमा अघि बढेको बताउनुभयो ।

राप्ती करिडरको विकास गरिने

उहाँले दाङ जिल्ला विकासको नमूनाका रुपमा अघि बढेको बताउँदै सरकारले लुम्बिनी प्रदेशको राजधानीबाट प्युठानको प्रमुख धार्मिकस्थल स्वर्गद्वारीसम्म पुग्ने सडकको स्तरोन्नति गरेर राप्ती करीडोरका रपमा विकास गर्ने तथा देउखरी उपत्यका र कपिलवस्तुमा सिंचाइ सुविधासहित जलविद्युत् उत्पादनका लागि नौमुरे बहुउद्देश्यीय आयोजना अघि बढाइने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाअन्तर्गत भालुबाङमा आधुनिक राजधानी विकास गरिने र घोराहीलाई आधुनिक औद्योगिक शहर बनाइनेसमेत बताउनुभयो ।

उहाँले कोरोना नियन्त्रणका लागि सरकार लागिपरेको र सङ्क्रमण नियन्त्रणमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मी, विमानस्थल र शववाहनमा काम गर्ने सबैलाई खोप लगाइने जानकारी दिँदै पहिलो चरणमा चार लाख ३० हजार खोप लगाएर कोरोना नियन्त्रणको प्रयासलाई प्रभावकारी बनाइने दृढता व्यक्त गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री शङ्कर पोखरेलले जनतामा जानु भनेको लोकतन्त्र बलियो हुनु हो भन्दै जनताका बीचमा जान नचाहनेहरु कायर भएको आरोप लगाउनुभयो । पार्टीका जिल्ला संयोजक हुकुम बुढाथोकीका अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, खानेपानीमन्त्री मणिचन्द्र थापालगायतले निर्वाचनबाट ताजा जनादेशमा जानाको विकल्प नरहेको बताउनुभयो । सभाअघि जिल्लाका विभिन्न क्षेत्रबाट जनसमुदायले विभिन्न झांँकीसहित जुलुस प्रदर्शन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार