श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेकपाका दुबै समूह आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै समुहका नेताहरू आज निर्वाचन आयोग जाने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रथम अध्यक्ष सहित प्रमुख पदाधिकारी र पुष्पकमल दाहाललाई अध्यक्षमात्र स्वीकार गरेर नेकपा विवादका बारेमा छलफल गर्नका लागि आयोगले निमन्त्रणा गरेपछि दुवै पक्ष आयोग जाने भएका हुन् ।

ओली नेतृत्वको नेकपाबाट महासचिव विष्णु पौडेल र विघटित प्रतिनिधिसभा संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा प्रचण्ड नेतृत्वको नेकपाबाट स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल र राजेन्द्र पाण्डेसहित पूर्वमहान्यायधिवक्ता मुक्ति प्रधान आज आयोगले बोलाएको छलफलमा सहभागी हुने भएका छन्।

नेकपाको आधिकारिकतामाथि दुवै पक्षले दाबी गरेपछि गत माघ ११ गते आयोगले कानुनी र प्राविधिक रूपमा पार्टी विभाजनलाई अस्वीकार गर्दै जवाफ पठाएको थियो। त्यससँगै नेकपा विभाजनले औपचारिक मान्यता पाएका थिएन।

गत पुस ५ गते घोषणा गरिएको प्रतिनिधिसभा विघटनअघिको अवस्थामा नेकपा रहेको जनाउँदै आयोगले दुवै पक्षले त्यसयता गरेका क्रियाकलाप र पत्राचारलाई मान्यता दिएको थिएन। दुवै पक्षका गतिविधि र पत्राचारलाई मान्यता नदिए पनि कानुनी र प्राविधिक रूपमा विभाजन हुन नसकिरहेको बेला आयोगले ओली-प्रचण्ड दुवै समूहलाई आयोगमा आज बोलाएर छलफल गर्न लागेको हो।

प्रधानमन्त्री ओलीका तर्फबाट शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल र कानुनविदहरू बाबुराम दाहाल तथा रमेश बडाललगायत पनि छलफलमा सहभागी हुने बताईएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार