काठमाण्डौंः प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई वहालवाला मन्त्री मणी थापाले मंगलबार नख्खु कारागार पुगेरै भेटेका छन् ।
विप्लवका नेता ओली भेट्न सत्तारुढ नेकपाका ओली समुहका खानेपानीमन्त्री मणी थापा मंगलबार बिहान नख्खु कारागार पुगेका हुन् । काभ्रेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली नख्खु जेलमा रहेका छन् ।
कारागारमा पुगी मन्त्री थापाले त्यहाँको खानेपानीको स्थितिबारे जानकारी लिदैं ओलीसँग अनौपचारिक संवाद गरेको स्रोतको दाबी छ । प्रतिनिधि सभा विघटनपछि ओली समूहले पूर्व लडाकुदेखी, विप्लव समूहसँग समेत निरन्तर वार्ता गरी पूर्वमाओवादीको समर्थन जुटाउने कोषिश गरेका छन् ।
हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण रूपमा आउने हो भने सरकार विप्लवसँग लचिलो हुने नेकपा विप्लवले बताइरहेको बेला पछिल्लोपटक बहालवाल मन्त्रीसँगको भेट हुनु अर्थपूर्ण रहेको बताईएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया