काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समूहले भोली आमाहड्तालको घोषणा गरेको छ। बुधबार सो समुहले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माघ २८ गतेको आन्दोलनलाई कायम गर्दै भोली बिहिबार देशब्यायापी आमहड्ताल घोषणा गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारि दिएका छन्।
प्रवक्ता श्रेष्ठले यो आफुहरुको बाध्यात्मक कदम भएको समेत बताएका छन्। सरकारले संवैधानिक आयोगका प्रमुख तथा अन्य कर्मचारीहरुको शपथ ग्रहण गराएपछि यसअघि सार्वजनिक कार्यक्रमहरुलाइ यथावत् राख्दै आम हड्तालको घोषणा गरिएको जानकारि दिए।
आबको कार्यक्रम पनि शान्तीपूर्ण रुपमा नै अघि बढ्ने समेत उनले स्पष्ट परे। सरकारले गरेको संवैधानिक नियुक्तिको कदमलाइ उक्त समूहले गैर कानूनी ठहर गरेको छ। प्रवक्ता श्रेष्ठले आम हड्लालललाई सफल पार्न सबैमा आग्रह समेत गरे।
बन्दका कारण परीक्षार्थीहरुलाइ असर पर्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता श्रेष्ठले प्रवेशपत्र देखाएर अफ्नो सवारी साधनमा ओहोरदोहोर गर्ने र कुनैपनि असर नपर्ने समेत स्पष्ट पारेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया