श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेकपाका सर्लाही इञ्चार्ज वाग्लेको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

बरहथबाबाट नयाँरोडतर्फ जाँदै गर्दा बुधबार राति मूर्तिया चोकबाट उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा लडिरहेको अवस्थामा वाग्लेलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट वाग्लेलाई बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

बुधबार साँझ नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको मसाल जुलुसको नेतृत्व गरेर ज१०प ३२०६ नम्बरको मोटरसाइकलले बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेका वाग्ले दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा गम्भीर एवं सूक्ष्म अनुसन्धान भइरहेको प्रहरी प्रमुख सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । उहाँ सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिगाह निवासी हुनुहुन्थ्यो । अहिले उहाँको शव बरहथवाबाट परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउने तयारी भइरहेको नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार