काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज (शुक्रबार) नारायणहिटी दरबार अगाडि जनसभा गर्ने भएको छ। जनसभाका लागि काठमाण्डौंको मुटु दरवारमार्ग क्षेत्रका सडकका डिभाइडर समेत बिहिबार नै हटाइएको छ भने त्यस क्षेत्रका व्यापार तथा व्यवसायहरु समेत आज एक दिनको लागी बन्द गर्न भनिएको छ।
‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि ओली समूहले आमसभा गर्ने भएको हो । ओली समूहले सभाका लागि उपत्यका वरपरका सबै जिल्ला तथा समग्र देशभरबाट कार्यकर्ता राजधानी उतार्दै छ।
मध्याह्न १२ बजेदेखि हुने भनिएको सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत पार्टीका शिर्ष नेताले सम्बोधन गर्ने छन् । सभा हुनुभन्दा अगाडि काठमाण्डौँ उपत्यकाका १३ वटै स्थानबाट एकसाथ जुलूस प्रदर्शन गरी सभामा सहभागी गराउने आयोजकले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया