श्रावण ४, २०८२ आइतबार July 20, 2025

कांग्रेस सच्चिएर अघि बढ्न आवश्क छः वरिष्ठ नेता पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सच्चिएर अघि बढ्नुपर्ने समय आएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक सस्थाले तनहुँको दमौलीमा शनिबार सयुक्त रुपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेसको इतिहास राम्रो छ, नेताहरु सच्चिएर अघि बढ्ने हो भने ९० प्रतिशत भोट कांग्रेसलाई आउँछ भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले जनताको समस्या समाधान गर्ने गरी कांग्रेस अघि बढ्नुपर्ने बताउँदै पार्टीभित्र एक पक्ष कमजोर अर्को पक्ष बलियो हुन्छु भन्ने सोचाई राख्नु गलत भएको धारणा व्यक्त गर्नुभयो । “कम्युनिष्ट पार्टीहरुबीच फुट हुँदा कांग्रेस बलियो वा खुसी हुन्छ भने होइन्”, उहाँले भन्नुभयो, “अर्काको भत्किएर आफ्नो घर बलियो हुन्छ भन्ने सोचाई कसैले राख्नु हुँदैन ।”

वरिष्ठ नेता पौडेलले विघटित प्रतिनिधिसभा अदालतबाट पुनःस्थापना नभए आन्दोलनबाट हुने बताउँदै प्रतिनिधिसभाको पुनःस्थापना अदालतबाटै हुने आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो । “प्रतिनिधिसभा विघटन हुनु भनेको लोकतान्त्रिक व्यवस्था सङ्कटमा पर्नु हो”, उहाँले भन्नुभयो, “वैशाखमा चुनाव हुने अवस्था छैन् । ” सिद्धान्तमा एक भएर पार्टी एकीकरण नभई पद र सत्ता प्राप्तिका लागि गरिएकाले कम्युनिष्ट पार्टी फुटको अवस्था आएको उहाँको भनाइ छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेस चुनावदेखि डराउने पार्टी हैन भन्दै चुनाव र संसद् पुनःस्थापना पनि नहुने अवस्था आएमा आन्दोलन मात्र एक विकल्प भएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार