श्रावण ४, २०८२ आइतबार July 20, 2025

मुलुकलाई निकास दिन ताजा जनादेश उपयुक्त : कमल थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बिक्रम सम्बत २०६२/०६३ पछिको मार्गचित्र असफल प्रमाणित भएको दाबी गरेका छन् ।

ट्वीट गर्दै अध्यक्ष थापाले पछिल्लो राजनीतिक घटनाक्रमले लोकतान्त्रिक आन्दोलनपछिको मार्गचित्रलाई असफल सिद्ध गरेको बताएका हुन् ।

आफ्नै दलको प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र संसद विघटन, अदालतमा विचराधीन मुद्दामाथि सडकमा प्रदर्शनले त्यसलाई पुष्टि गरेको उनको भनाइ छ ।

अध्यक्ष थापाले व्यवस्थापिका प्रमुखद्वारा कार्यपालिका र न्यायपालिका प्रमुखविरुद्द अदालतमा मुद्दा लगायतका घटनाले पनि मार्गचित्रलाई असफल भएको उल्लेख गरेका छन् ।

थापाले पछिल्लो समय मुलुकलाई निकास दिन ताजा जनादेश उपयुक्त हुने धारणा राख्दै आएका छन् । राप्रपाले पछिल्लो आन्दोलनपछि हटाइएको राजसंस्था र हिन्दु राज्यको पक्षमा आवाज उठाउँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार