श्रावण ४, २०८२ आइतबार July 20, 2025

युवा संघको अध्यक्षमा सिंह चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा वचनबहादुर सिंह चयन भएका छन् । माघ २५ र २६ गते काठमाडौँमा भएको संघको दोस्रो केन्द्रीय कमिटी बैठकले सिंहको अध्यक्षतामा ५ सय १ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघका संयोजक रामप्रसाद सापकोटालाई बैठकले कारबाही गरेको छ । संघको सहअध्यक्षमा किरण पौडेल, उपाध्यक्षमा अमित लामा, अञ्जना अधिकारी, सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम र सुमन पुरी तथा महासचिवमा रमेश आचार्य, उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी रहनुभएको छ ।

यस्तै सचिवमा रवीन्द्र लम्साल, सुमन बुढा, सन्तोषप्रकाश जोशी, सीता सुवेदी, संगीता अछामी, मिलन सिंह, सुमित्रा बोगटी, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, खिलबहादुर राना, सम्राट गौचन, अमित पौडेललगायत ३५ जना छन् ।

कोषाध्यक्षमा मुकेश बुढाथोकी, सहकोषाध्यक्ष राकेश लामा र हिमेश केसी चयन भएका छन् । सहअध्यक्ष पौडेलले तीन महिनापछि संघको पुनर्गठन गरिने बताए । आगामी जेठमा अहिलेका अध्यक्ष सिंहको उमेर ४० वर्ष पुगेपछि सहअध्यक्ष पौडेललाई अध्यक्ष बनाउने सहमति भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार