श्रावण ४, २०८२ आइतबार July 20, 2025

जसपामा पहिरो – स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम ओली समूहमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: जनता समाजवादी पार्टी (जसपा) का स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहमा प्रवेश गरेका छन्।

प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान हवारीलाई नेकपामा स्वागत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

स्वागतका क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टीको काममा लाग्न शुभकामना दिए । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधी निर्वाचन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछी दुई खेमामा बिभाजित भएपछी राजनितिक अस्तित्वको लागी सडकमा प्रदर्शन सहित सभाहरु राखी आफु नै आधिकारिक भन्दै सकृय रहेका देखिन्छन् ।

संसद विघटनविरुद्ध मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा बहस जारी छ। प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेको भन्दै सत्ता पक्ष र अन्य राजनीतिक दल आन्दोलित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार