श्रावण ४, २०८२ आइतबार July 20, 2025

ओलीको कदम व्यवस्थाविरोधी – कृष्ण सिटौला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधान एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मालोचना गरेर वर्तमान व्यवस्थाविरोधी कार्य सच्याउन चेतावनी दिनुभएको छ । नेपाली कांग्रेस झापाले आयोजना गरेको प्रधानमन्त्री ओलीको कदम विरुद्धको विरोधसभालाई चन्द्रगढीमा सम्बोधन गर्दै नेता सिटौलाले संविधानले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको प्रस्ट पार्नुभयो ।

स्थिर संसद् विघटन गर्ने ओलीको कदम वर्तमान संविधानको मूल उपलब्धि संघीयता, गणतन्त्र र धर्म निरपेक्षता जस्ता प्रगतिशील राजनीतिक कार्यविरुद्धको कदम भएकाले आत्मालोचना गरेर सच्चिन सिटौलाले चेतावनी दिनुभएको हो ।

तीनवर्षे अवधिमा देश र जनताका पक्षमा काम गर्न नसकेको ओली सरकार आफ्ना आसेपासे कम्युनिस्ट पार्टीका लागि मात्र चर्तिकला भएको उहाँले बताउनुभयो । संविधान मस्यौदा समितिका सभापतिसमेत रहेनुभएका सिटौलाले राजा–महाराजाको अपूर्व अधिकार खोज्ने ओली तानाशाह बन्ने प्रयासमा रहेकाले खवरदारी जरूरी भएको प्रस्ट पार्नुभयो ।

‘समृद्ध नेपाल सुखी नेपाली’ उखान र भाषणले नहुने भन्दै प्रदेश–१ कै गौरवशाली आयोजनाका रूपमा रहेको गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण अलपत्र पारेको उहाँले जनाउनुभयो । राजनीतिक अस्थिरता निम्तने गरी संसद् विघटन गरेर गणतन्त्रका लागि ज्यान बलिदान गर्ने शहीदको रगतमा समेत ओलीले हिलो छ्यापेको सिटौलाले आरोप लगाउनुभयो ।

तीनवर्षे कार्यकालमा देश र जनताको उन्नति हुने काम गर्न नसकेका ओलीले नेकपाको नेतासमेत हुन नसकेर आफ्नो रिस संसद्माथि पोखेको उहाँको दाबी छ ।सिटौलाले प्रधानमन्त्रीको आवरणमा वर्तमान संविधान ध्वस्त पार्ने खेल हुन संक्ने आशंका गर्दै संविधानको मूल मर्मको रक्षा गर्ने जिम्मेवारी अदालतमा रहेकाले कसैको दबाब, प्रभाव र सेटिङमा न्यायाधीश लाग्न नहुने भन्दै न्यायालयको गरिमा बचाउन अपिलसमेत गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार