काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहलेआज टुँडिखेललाई मानव साङ्लोले घेर्ने कार्यक्रम रहेको छ।
नेकपाको चौथो चरणको आन्दोलनअन्तर्गत सरकारलाई दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको हो । आज बिहिबार अपराह्न ४ बजेदेखि ५ बजेसम्मको उक्त कार्यक्रममा करिब १० हजार कार्यकर्ताको सहभागी रहने बताईएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा चरणबद्ध संघर्ष गर्दै आएको प्रचण्ड-नेपाल समूहले फागुन ५ गतेदेखि १५ गतेसम्म काठमाण्डौं लगायत मुलुकभर विरोध प्रदर्शन गर्ने घोषणा गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया