श्रावण ४, २०८२ आइतबार July 20, 2025

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य : नेकपा दाहाल-नेपाल समूह (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले संसद् पुनर्स्थापना भएपछि नेपाली जनता, संविधान, लोकतन्त्र, सत्य र न्यायको विजय भएको ठहर गरेकाे जनाएको छ। पार्टीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै यस्तो प्रतिक्रिया जनाएको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार बेलुका जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सर्वोच्च अदालतले संविधानको अक्षर, मर्म र भावनालाई आत्मसाथ गरी तदनुरुप संविधान सम्मत फैसला गरेर प्रतिनिधिसभालाई मात्र बचाएको छैन, संविधान र लोकतन्त्रको रक्षामा समेत ऐतिहासिक योगदान पुर्याएको छ।’

फैसलाले संविधानलाई लिकमा ल्याएको र देशलाई प्रतिगमन तथा राजनीतिक संकटको अँध्यारो सुरुङमा धकेल्न चाहने सत्तालोलुप सर्वसत्तावादी एवम् सबै प्रकारका अलोकतान्त्रिक तथा निरंकुश शक्तिहरुको अपेक्षा र षड्यन्त्रलाई असफल बनाइदिएको विज्ञप्तिमा उल्लेख छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार