काठमाण्डौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले सर्वाेच्च अदालतको फैसला स्वीकार्दै तोकिएकै समयमा संसद्को बैठक बोलाउने निर्णय गरेको छ।
ओली समूहको बुधबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको बैठक पश्चात उक्त समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
बैठकले देशका विभिन्न ठाउँमा यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने पनि निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए।
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय असंवैधानिक ठहर गरेर पुनस्र्थापित गर्दै फैसला सुनाइएको १३ दिनभित्र संसद्को अधिवेशन बोलाउन आदेश दिएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीको राजीनामाको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै ज्ञवालीले आवश्यक परामर्शपछि राजीनामा आउने समेत बताएका छन्।
यद्यपि संसदीय खेलले मुलुक बन्दक हुने अवस्था हुने भन्दै तत्काल राजीनामा नदिने पनि उहाँले प्रस्ट पारे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया