श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेकपाको आधिकारिकता सम्बन्धी मुद्दाको बहस सकियो, फाल्गुन २० गते निर्णय हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टीको नामसम्बन्धी विवादको मुद्दामा बहस सकिएको छ । नेकपाको नाम दाबी गर्दै पार्टीका अध्यक्ष ऋषी कट्टेलले दायर गरेको रिटमाथिको बहस बिहीबार सकिएको सर्वोच्च अदालतले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टीसँग मिल्ने गरी ओली–प्रचण्डलाई नाम दिएको भन्दै दुई वर्षअघि निर्वाचन आयोगविरुद्ध रिट दायर ग रेका थिए ।

उक्त रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ भएको हो । सुनवाइ सकिए पनि सर्वोच्चले निर्णय भने २० गते मात्रै सुनाउने जनाइएको छ ।

सुरुमा अन्डरलाइन नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न पुगेका ओली–प्रचण्डलाई निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरिदिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाले २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार