श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘महाधिवेशन हुँदैन भनेर अल्मलिने अवस्था छैन’- डा. रिजाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले पार्टीले क्रियाशील सदस्यता टुङ्ग्याएर महाधिबेशनमा लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाल तरुण दल अर्घाखाँची पाणिनी काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा तरुण विद्यार्थीको भूमिका विषयक भर्जुअलकार्यक्रममा’ उहाँले मतदाता नामावली छिटोतय गरी महाधिवेशनमा लाग्नुपर्छ भन्नुभयो ।“काँग्रेसले लामो  समयसम्म क्रियाशील सदस्यता नदिएको कारण क्रियाशील सदस्यता लिनेक्रम बढेको छ, न्यायोचित रुपमा क्रियाशील सदस्यता विवाद टुङ्गाउनुपर्छ,”– उहाँले भन्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पार्टीको विधानअनुसार पार्टी सञ्चालन भएको भए काँग्रे सभित्र अहिलेको समस्या नआउने बताउनुभयो । “पार्टी सभापतिले नै समयमा महाधिवेशन हुने विज्ञप्ती जारी गरिसकेको अवस्थामा महाधिवेशन हुँदैन भनेर अल्मलिने अवस्था छैन,”– उहाँले भन्नुभयो ।

काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले वर्तमान सरकारबाट लोकतन्त्र र संविधानमाथि प्रहार हुन खोजेको आरोप लगाउँदै यसको रक्षाका लागि काँग्रेस जुट्नुपर्ने बेला आएको बताउनुभयो । “लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेसले अरु दलसँग सहकार्य गर्न लागेको हो,”– उहाँले भन्नुभयो ।

अर्का केन्द्रीय सदस्य जीवन परियारले निर्धारित समयमा नै काँग्रेसको १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले काँग्रेस अप्ठ्यारो अवस्थामा भएको जनाउँदै यसबारे पार्टी नेतृत्व गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो ।

काँग्रेसका पूर्व केन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, अर्घाखाँचीका जिल्ला सभापति विष्णुप्रसाद खनाल, नेपाल चिकित्सक सङ्घको पूर्व अध्यक्ष मुक्ति श्रेष्ठ, विद्यार्थी नेता शिवलाल पौडेललगायतले पार्टी बलियो बनाउन तरुण युवाको सक्रिय सहभागीताको आवश्यक रहेको बताउनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार