श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्रः कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नु ।- डा. भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन आयोगप्रति असन्तुष्टि जनाएका छन् । वादी र प्रतिवादी मिलेर बस्नु भन्ने फैसला गरेको भन्दै भट्टराईले आयोगको भूमिकातर्फ संकेत गर्दै प्रश्न समेत उठाएका छन् ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक, अर्कालाई गरेको कारवाहीलाई आयोगले आइतबार मान्यता दिन नसकिने बताएपछि डा. भट्टराईले असन्तुष्टि जनाएका हुन् ।

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जोडेर हेरेका छन् । ‘खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्रः कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नु । चोरलाई पनि मैले चोरेको हैन भनेर उल्टै मुद्दा हाल्ने (वादी) ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनु । मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन् मिलेर बस्नु भन्ने फैसला गर्नु वाह।’

जसपामा ठाकुर र नेता राजेन्द्र महतो ओली सरकारमा गएपछि बिबाद छ । भट्टराई र यादव पक्ष भने ओलीको विकल्पमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार