श्रावण ४, २०८२ आइतबार July 20, 2025

सातवटै प्रदेशमा सुविधासम्पन्न अस्पताल बनाउन बिजुक्छेको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाणडौंः भक्तपुर नगरपालिकाले जनताबाट स्वतस्फूर्त सङ्कलित रकमबाट ख्वपः अस्पतालमा सञ्चालनमा स्थापना गरेको अक्सिजन प्लान्टको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गर्नुभएको छ ।

नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटन गर्दै उहाँले कोभिड महामारीविरुद्धको लडाँईमा संसारका धनी र विकसित देशलाई समेत कठिन भएको बताउदै सातवटै प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउन सरकारसँग माग गर्नुभयो ।

नेपाल भारतबीचको सीमा नाका समयमै आवश्यक निगरानी, चेकजाँच र कडाइ गर्न नसक्दा नेपालमा कोभिड–१९ को सङक्रमण महामारीको रुपमा फैलिएको भन्दै उहाँले जनताको जीवन रक्षामा सरकार चुकेको आरोप लगाउनुभयो । अध्यक्ष बिजुक्छेले जनतालाई सामुदायिक र निजी अस्पतालबीचको भिन्नता र महत्वबारे सचेत पार्नुपर्ने र समाजमा आमूल परिवर्तनको निमित्त जनतालाई नै राजनैतिक रुपले सचेत पार्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोनाको पहिलो र दोस्रो लहर नेपालमा पैmलिएसँगै जनताको जीवन रक्षालाई प्राथमिकतामा राख्दै २०७८ बैशाख १७ गतेदेखि नै ख्वपः अस्पतालमा कोभिड युनिट सञ्चालन गरेको बताउनुभयो । सो अस्पतालमा रु १ करोड २३ लाख ३६ हजार खर्च गरेर अक्सिजन प्लान्ट स्थापना गरिएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार