काठमाण्डौंः नेकपा एमालेले देशका विभिन्न स्थानहरुमा आएको बाढी पहिरो र डुबानमा परेकाहरूको उद्धार र राहतमा परिचालित हुन पार्टीका जनप्रतिनिधि, पार्टी समिति र युवा पङ्क्तिलाई निर्देशन दिएको छ ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विपत्तिमा परेकालाई अस्थायी बसोबासको प्रबन्ध गर्न माग गरेका छन् ।
‘नेकपा (एमाले) तत्काल उद्धार र राहतका काम प्रभावकारी ढङ्गले अगाडि बढाउन, मृतकका परिवारहरुका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह गर्दछ,’ ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया