काठमाडौंः जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षको बैठकले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ ।
बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको जसपाका कार्यकारिणी समितिका सदस्य राम सहाय यादवले जानकारी दिनुभयो । पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनः निवेदन दिने निर्णय भएको यादवले बताउनुभयो ।
उहाँले पार्टीको निर्णय विपरीतसरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशमा प्रदेश सभा संसदीय दलको ह्वीपलाई उल्लघंन गरेका चारजना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ ।
बारा, पर्सा र बाँके जिल्लाका स्थानीय तहका जनप्रतिनिधी अर्काे पार्टीको कार्यक्रममा सहभागि भएपछि कारवाही प्रकृया समेत अघि बढाउने निर्णय गरेको यादवले जानकारी दिनुभयो ।
बैठकले बाढी पीडितहरुलाई उद्धार गर्न तथा राहत प्रदान गर्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको छ । पार्टीलाई सुदृढीकरणका लागि योजना बनाउन कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवको संयोजकत्वमा सात सदस्यीय समिती समेत बनाउने निर्णय गरेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया