काठमाडौंः नेकपा (एमाले)को माधवकुमार नेपाल समुहले बाढी, पहिरो र डुबानमा परेकाहरूकाे उद्धार र राहतमा जुट्न पार्टीपंक्तिलाई आह्वान गरेको छ।
उनीहरूले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरुको उपचार र मृतकका परिवारलाई आर्थिक सहयोग लगायतका उद्धार र राहतका कार्यहरु प्रभावकारी, निष्पक्ष र पारदर्शीरुपमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया