श्रावण ४, २०८२ आइतबार July 20, 2025

काँग्रेसमा बागी उम्मेदवारको राजनीति सकियोः सदस्यता नविकरणमा कडाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि सदस्यता नवीकरणमा कडाइ गरेको छ । कुनै पनि चुनावमा विद्रोही रहेका उम्मेदवारको सदस्यता नवीकरण नगरिने भएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १६–१९ भदौमा काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसका लागि आठ लाख सदस्यको केन्द्रले उपलब्ध गराएको सफ्टवेयरमा ‘इन्ट्री’ भइसकेको छ।

जसमा तीन लाख ८० हजार पुराना सदस्य छन्। बाँकी चार लाख २० हजार नयाँ सदस्य रहेका छन्। ढिलाइ भएका केही जिल्लाबाट सदस्यता ‘इन्ट्री’ गर्ने काम भइरहेको छ।

धेरै जनाको सदस्यता नवीकरण भएको छैन। त्यसका लागि कांग्रेसले ९ असारसम्मको म्याद थपेको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सचिव केशव रिजालले जनाएका छन्। छुटेका सदस्यहरूकाे नवीकरणका लागि प्रदेश, जिल्ला, क्षेत्र, नगर र गाउँ समितिलाई निर्देशन दिएको छ। यससँगै नवीकरण छुटेका व्यक्तिले सीधै केन्द्रीय सदस्यता छानबिन समितिमा पनि पठाउन सक्नेछन्।

तर, त्यसका लागि केही शर्त राखिएको छ। कुनै पनि तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका व्यक्तिको भने सदस्यता नवीकरण नगरिने छानबिन समितिका सचिव रिजालले बताए।

त्यस्तै, विद्रोही उम्मेदवारको समर्थन र प्रस्तावकको पनि सदस्यता नवीकरण नगरिने भएको छ। यससँगै पार्टीको अनुशासनको कारबाहीमा परेका व्यक्तिको पनि सदस्यता नवीकरण नगरिने उनले बताए।

कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी परेका उजुरीमाथि छानबिन शुरू गरेको छ। छानबिन समितिले २० असारभित्र छानबिन गरेर सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ।

त्यसपछि ३० असारभित्र सभापतिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई बुझाउने म्याद तोकेको छ।

यो प्रक्रिया सकिएपछि कांग्रेसको १४औं महाधिवेशन शुरू हुनेछ। १३ साउनमा गाउँ तथा नगरको वडा अधिवेशन तोकिएको छ भने १६ साउनमा गाउँ तथा नगर अधिवेशन हुने भएको छ।

त्यस्तै, २० साउनमा प्रदेश सभा क्षेत्रीय अधिवेशन, २३ साउनमा प्रतिनिधि सभाको एक निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय अधिवेशन र २६ साउनमा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय अधिवेशन हुनेछ।

शुक्रबार केन्द्रीय कार्यसमितिले संशोधन गरेको कार्यतालिका अनुसार १ र २ भदौमा प्रदेश अधिवेशन तय गरिएको छ। त्यसपछि १६ देखि १९ भदौमा केन्द्रीय महाधिवेशन हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार