काठमाडौंः जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक दलकै कारणा देश संकटमा परेकाे बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल मार्फत राजनीतिक दल र नेतृत्वको स्खलन नै देश संकटकाे प्रमुख कारण रहेको बताउनुभएको हाे ।
भट्टराईले सामाजिक सञ्जाल मार्फत कांग्रेस, कम्युनिष्ट र समाजवादी रूपान्तरण हुनुपर्ने समेत बताउनुभएको छ । भट्टराईले समस्या एकातिर तर समाधान अर्कोतिर खोज्न नहुने उल्लेख गर्नुभएको छ ।
‘भनिन्छः टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति, दल, नेतृत्वको स्खलन नै हो,’ भट्टराईले भन्नुभएको छ, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु ।’
पार्टीहरू रूपान्तरण हुनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभएको छ, ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया