श्रावण ४, २०८२ आइतबार July 20, 2025

जसपा लफडाः महन्त ठाकुर बिरुद्ध कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने रणनितीमा उपेन्द्र यादव समुह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: जनता समाजवादी पार्टीले अर्का अध्यक्ष महन्त ठाकुर बिरुद्ध अदालतमा कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने भएको छ । जसपा निकट कानुन व्यवसायीले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता  राजेन्द्र  महतो समूहविरुद्ध अदालतमा कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गरेका हुन्।

जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै  जसपाका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूह को योजनामा अदालतमा मुद्दा दर्ता गर्न लागेका हुन्।

भट्टराई–यादव समूहको तर्फबाट संघीय कानून व्यवसायी संघका अध्यक्ष दीपक राईलगायतका अधिवक्ताले मुद्दा दर्ताको लागि तयारी सुरु गरेको बताईएको छ ।

जसपाको भट्टराई–यादव समूहले आफ्नो समूह जसपाको आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाइसकेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया