श्रावण ४, २०८२ आइतबार July 20, 2025

१४ जना जनप्रतिनिधि पदमुक्त गर्न माओवादी केन्द्रद्धारा निर्वाचन आयोगमा पत्राचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहका दलबदल गरेका १४ जना जनप्रतिनिधिहरुलाई पदमुक्त गर्न निर्वाचन आयोगमा पत्र पठाएको छ ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पाखेरेलका अनुसार विगतमा पनि सोही व्यवहाेराकाे पत्र साे दलले निर्वाचन आयोगमा पठाइसकेको थियो ।

त्यसबेला केन्द्रीय समितिको अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रत्यायोजन गरेको थियो तर आयोगले पुनः केन्द्रीय समितिको बैठकको निर्णयसहित ताकेता गर्न भनेपछि सोमबार विहान बसेको केन्द्रीय समितिको बैठकले सो निणय गरेको उहाँले बताउनुभयो ।

आज विहान बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन आयोगमा सो पत्र पठाउने निर्णय गरेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देव गुरुङले बताउनुभयो ।

विगतमा पनि पार्टीले पत्र पठाए पनि निर्वाचन आयोगमा त्यसै रहेको थियो उहाँले जानकारी दिनुभयो । स्थानीय तहमा पनि विशेषगरी प्रदेश नम्बर २ का जनप्रतिनिधिहरुले दल परिवर्तन गर्नुभएको छ, उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया