श्रावण ४, २०८२ आइतबार July 20, 2025

सुनिल थापासहित ५५ जना काँग्रेस महासमिति सदस्य थप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट काँग्रेस प्रवेश गर्नुभएका सुनिलबहादुर थापा समूहका ५५ जनालाई काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको लागि महासमिति सदस्यमा समायोजन गरेको छ ।

आज काँग्रेस केन्द्रीय कार्यालयले एक पत्रमार्फत काँग्रेसका सह–महामन्त्री थापालाई पार्टी समायोजनको निर्णय जानकारी गराएसँगै महासमिति सदस्यहरुको नामावली पनि सँगै दिएको हो ।

काँग्रेसले सह–महामन्त्री थापासहित राप्रपाबाट काँग्रेस प्रवेश गर्नुभएको केन्द्र र जिल्ला तहका नेताहरुलाई महासमिति सदस्यमा नियुक्ति गर्ने निर्णय पहिले नै गरेपनि पार्टी केन्द्रीय कार्यालयले आज मात्र पत्र लेखेको हो ।

थापा समूहबाट समायोजनका लागि सहमति भएबमोजिम काँग्रेसले यो निर्णय गरेको सह-महामन्त्री थापाले जानकारी दिनुभयो ।

काँग्रेसको १४ औ केन्द्रीय महाधिवेशनको सन्दर्भमा पार्टीमा छलफल गर्दै काँग्रेसलाई थप मजबुत बनाउदै अघि बढ्ने तयारी रहेको थापाले बताउनुभएको छ ।।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार