काठमाडौंः जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको अन्तरिम आदेशको स्वागत गरेका छन् ।
मंगलबार यादवले मन्त्रिपरिषद् विस्तारको निर्णय खारेज गर्ने सर्वोच्चको आदेशलगत्तै सर्वोच्चले सही निर्णय गरिदिएको बताए ।
“यो देशमा सबैभन्दा बढी संविधान उल्लंघन गर्ने प्रधानमन्त्री हो,” यादवले भने, “अब संवैधानिक निकाएका असंवैधानिक नियुक्ति पनि खारेज हुनुपर्छ ।”
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया