काठमाण्डौंः नेपाली काँग्रेस लगायत विपक्षी गठबन्धनको बैठक बुढानिलकण्ठमा शुरु भएको छ ।
पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिमाथि छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा गठबन्धनको बैठक केहीबेर अघिबाट सुरु भएको हो ।
बुधबारबाट नै प्रतिनिधिसभा विघटनविरुद्ध र प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्नुपर्ने रिटमाथिको नियमित सुनुवाइ सुरु भएको छ । यसबारे पनि बैठकमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी ओलीका कदमका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको भन्दै संयुक्तरुपमा पाइला चाल्नैपर्ने अवस्था सिर्जना भएको गठबन्धनले बताएको छ ।
बैठकमा कांग्रेस सभापति देउवा बरिष्ट नेता रामचन्द्र पौडेल बालकृष्ण खाँण, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेता भीम रावल , जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत उपस्थित छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया