श्रावण ४, २०८२ आइतबार July 20, 2025

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्ने विपक्षी गठबन्धनको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । बुधवार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले ओलीको प्रतिगमनविरुद्ध सडकमै जनपरिचालनको कार्यक्रम अगाडि बढाउने निर्णय लिएको हो ।

बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेल लगायतका नेताहरु सहभागी थिए ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सामाजिक दुरी कायम गरी विरोध कार्यक्रम गर्नेबारे सैद्धान्तिक छलफल भएको बताए । संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम अन्तर्गत बिहीवार गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्न लागेको खड्काले बताएका छन् ।

दोस्रो लहरको कोरोना संक्रमण घट्दै गएकाले स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै विरोधका कार्यक्रम गर्ने निष्कर्ष गठबन्धनले निकालेको छ । स्वास्थ्य मापदण्डको पालना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको प्रतिगमनकारी निर्णयविरुद्ध कार्यक्रम गर्न पार्टी संगठनलाई जनपरिचालन गरिने खड्काले जानकारी दिए ।

‘स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर विरोध कार्यक्रम निरन्तर गर्छौं । बाढी पहिरोबाट क्षति भएका ठाउँमा राहत र सहयोगको कार्यक्रमका लागि संगठन परिचालन गरिने छ,’ उनले भने ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दाको अन्तिम सुनुवाइ चलिरहेको बेला गठबन्धनले आफ्नो पक्षमा फैसला गराउने उद्देश्यले विरोधमा उत्रिने निर्णय गरेको देखिएको छ ।

ओलीले बहुमतको सरकार चलाउन नसक्ने परिस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि आह्वान भएको थियो । राष्ट्रपति भण्डारीले दिएको २१ घण्टाको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत १४९ सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेपनि राष्ट्रपतिबाट स्वीकृत भएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार