श्रावण ४, २०८२ आइतबार July 20, 2025

केन्द्रको सर्कुलरसँगै जिल्लामा बढ्यो कांग्रेस महाधिवेशनको चहलपहल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ महिनामा तोकिएसँगै जिल्लामा पनि चुनावी तयारी र चहलपहल सुरु भएको छ । गाउँ र नगरस्तरसम्मको निर्वाचन तालिका सार्वजनिक गरेको काँग्रेसले कञ्चनपुरमा पनि चुनावी माहोल बनााउँदैछ ।

यहाँ प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा नराम्ररी पराजय व्यहोरेको कांग्रेस कञ्चनपुरले केन्द्रसँगै जिल्लामा पनि सबल नेतृत्व चयन गर्ने कार्यकर्ता र नेताहरूको भनाई छ । कांग्रेस कञ्चनपुरका पार्टी सचिव दिवाकर पाण्डेयले जिल्लामा केन्द्रबाट सर्कुलर आइसकेको बताउनुभयो । “ माथिबाट निर्वाचन तालिका समेत आएर सोही अनुसार काम अगाडी बढाउन भनिएको छ”, उहाँले भन्नुभयो,“ अब कुनै पनि हालतमा अधिवेशन रोकिँदैन ।”

यहाँ जिल्ला नेतृत्व तहका कांग्रेस नेताहरू तालिकासहित सामाजिक सञ्जालमा पनि चुनावी चहलपहल अघि बढाइरहेका छन् । कोरोना कहरका कारण पनि एक आपसमा भेट्नु भन्दा सामाजिक सञ्जालजस्ता सूचना प्रविधिको प्रयोगको प्रचलन यस पटक बढ्ने देखिएको छ । नयाँ पुस्ता प्रचारको लागि प्रविधिमा बढी व्यस्त छन् । कांग्रेस कञ्चनपुरका युवा नेता आशेफ कुवँर (भुन्टु) ले जिल्लामा युवा पुस्ता पनि नेतृत्वदायी भूमिकामा आउन तत्पर रहेको बताउनुभयो । “पार्टीभित्र काम गर्ने शैली पनि समयक्रम अनुसार सुधार गर्दागर्दै लैजानु आवश्यक छ”, उहाँले भन्नुभयो, “ पुरानो ढर्राबाट पार्टी चल्दैन ।” उहाँले पार्टीमा महिला, दलित, जनजाति र सबै वर्गको प्रतिनिधित्व हुने गरी कमिटी बनाउनुपर्नेमा जोड दिनुभयो ।

पाँच हजार पाँच सय क्रियाशील सदस्य रहेको कञ्चनपुर काँग्रेसले पाँच हजार एक सय क्रियाशील नयाँ सदस्यता थप गरेको छ ।
पार्टीभित्रका दुई प्रभावशाली नेता रमेश लेखक र नारायणप्रकाश साउँदको गृह जिल्ला कञ्चनपुरमा समूहगत राजनीति समेत हुने गरेको छ । “एउटै जिल्लामा गुटगत राजनीति हुँदा अन्य पार्टीले त्यसको भरपुर फाइदा लिन्छन्”, कुवँरले भन्नुभयोे, “ काँग्रेसको शीर्षतह देखिनै सुमधुर सम्बन्ध स्थापित गरेर काँग्रेसलाई चलायमान बनाउनुपर्छ ।”

त्यसै गरी जिल्ला पार्टी सभापति हरिप्रसाद बोहराले निर्वाचन गर्न कार्यतालिका बनेको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ का कारण निर्वाचनलाई असर गर्न सक्ने तर निर्वाचन गर्ने पक्षमा पार्टी नेतृत्व रहेको बताउनुभयो । पछिल्लो पटक केन्द्रीय समितिसँगै नेतृत्व तहले महाधिवेशनको सुनिश्चितता सहितको निर्णय गरेपछि जिल्ला जिल्लामा पार्टीको चुनावी चहलपहल बढ्न थालेको हो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार