काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला काठमाडौँको एक पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
भेलामा वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी लगायत केन्द्रीय कमिटी सदस्यको उपस्थिती रहेको थियो । भेलाले कांग्रेसको १४ औँ महाधिवेशनको सम्बन्धमा क्रियाशील सदस्यता छानविन गरी छिट्टै टुंगो लगाउनुपर्ने निष्कर्श निकालेको छ ।
नेता अर्जुननरसिंह केसीले एकता कायम गरेर उम्मेदवार टुंगो लगाउनुपर्ने र जस्तो खालको परिस्थिति आएपनि सहमती निर्माण गर्नुपर्ने छलफलको अन्तिम निष्कर्ष रहेको हरियाली अनलाईनलाई बताए । आफ्नो समुहको तर्फबाट कसले सभापतिको उम्मेदवारी दिने भन्ने विषयमा छलफलबाट निर्णय गरिने उनको भनाई छ ।
नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिएसँगै काँग्रेसका करिब एक दर्जन नेताहरुले आ–आफ्नो समूहको भेला तथा बैठकलाई तिव्रता दिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया