काठमाडौंः नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओलीको कार्यकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाउनुभएको छ ।
पत्रकारहरुसँग आज गरिएको एक अन्तरक्रियामा बोल्दै देउवाले आफूले बहुमत सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गर्दा कुनै समस्या परेको भए राष्ट्रपतिले सनाखत गर्नुपर्ने बताउनुभयो । राष्ट्रपतिले आव्हान गर्नुभो, हामीले बहुमतसहित दाबी गर्यौँ ।
‘अदालतले प्रधानमन्त्री बनाओस भनेको होइन, तर राष्ट्रपतिलाई समस्या परेको भए सनाखत गरेको भए हुन्थ्यो । को कता छ ? भनेर सोधेको भए हुने थियो। तर मध्यरातमा जे भयो गलत भयो । हाम्रो त सही छाप नै बुझाएको छ नि, पार्लियामेन्टमा परेड गरायको भए नि हुन्थ्यो’, देउवाले भन्नुभयो।
देउवाले राष्ट्रपतिको चर्को आलोचना गर्दै पदीय मर्यादा समेत नराखी ओलीको कार्यकर्ता बनेको आरोप लगाउनुभयो। देउवाले ओली लोकतन्त्रवादी र संविधानवादी नभई अधिनायकवादी हुन् भन्दै आफूलाई बेकारमा अोलीसँग मिलेको आरोप लगाइएको बताउनु भएको छ ।
सभापति देउवाले अदालतले आफूलाई नै प्रधानमन्त्री बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अदालतले शेरबहादुरलाई प्रधानमन्त्री बनाएर एक महिनाभित्र विश्वासको मत लिन लगाउन राष्ट्रपतिलाई आदेश गर्ने विश्वास छ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया