श्रावण ४, २०८२ आइतबार July 20, 2025

प्रधानमन्त्रीको अफर आए पनि अब ओलीसँग मिल्दिन : माधव नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आइसकेको बताएका छन्।

शनिबार नयाँबानेश्वरस्थित संसद्‍ भवनमा राजनीतिक बिट हेर्ने पत्रकारसँगको अन्तरक्रियामा बोल्दै नेता नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका हुन्। नेता नेपालले त्यो अफर आए पनि आफू प्रधानमन्त्री केपी ओलीसँग नमिल्ने उल्लेख गरे।

आफूलाई प्रधानमन्त्रीको अफर गरेर शेरबहादुर देउवालाई हेरेको हेर्यै बनाइदिउँ भनेर अफर आएको उनले खुलासा गरेका हुन्। उनले जस्तोसुकै अफर आए पनि विपक्षी गठबन्धन नतोड्ने प्रष्ट पारे। उनले यसो भन्दा आफूलाई पार्टी एकता विरोधी नभन्न अनुरोधसमेत गरेका छन्।

‘माधव नेपाललाई प्रधानमन्त्री पद आइसक्यो’, नेता नेपालले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन। जुन किसिमको प्रक्रिया छ, त्यसमा हामी फर्किन सक्दैनौँ।’

नेता नेपालले मन उता शरीर एता नभएको बरु सकारात्मक सम्बन्धमा रहेको बताए। ‘तपाईंहरुले भने जस्तो मन एता शरीर उता होइन’, उनले थपे, ‘मन यता मन सकारात्मक रिलेसनमा छ।’

नेता नेपालले केपी ओलीको तानाशाही कदमविरुद्ध लड्न आफूहरु विद्रोही बनेको बताए। संविधानको धारा ७६ (५) मा पुगेर ओलीको तानाशाही कदम परास्त गर्न विद्रोही एमाले बनेको उनको भनाइ छ। उनले केपी ओलीलाई लोकतान्त्रिक प्रक्रियाको तानाशाह बनेको आरोप लगाए।

‘संधिवानको धारा ७६ (५) मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न हामी विद्रोही एमाले बनेका हौं’, नेता नेपालले भने, ‘यो एमालेभित्रको विद्रोही आवाज हो। लोकतान्त्रिक प्रक्रियाबाट तानाशाही जन्मिने रहेछ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार