काठमाण्डौं: नेकपा एमालेका प्रभावशाली नेता बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन्।
नेता भुषालले आईतबार संघीय संसद सचिवालयका महासचिवलाई एक पत्र लेखेर आफूलाई स्वतन्त्र सांसदको रुपमा ब्यबहार गर्न आग्रह गरेका छन्।
आफू विगतमा नेकपाको उम्मेदवार रहेको र अहिले सो पार्टी अस्तित्वमा नरहेकोले स्वतन्त्र सांसदको रुपमा ब्यबहार गर्न उनले आग्रह गरेका छन्।
राष्ट्रियसभा सदस्य उनी एमाले नेता माधव कुमार नेपाल समूहका प्रभावशाली नेताका रुपमा मानिन्छन् ।
एमालेका अध्यक्ष ओली र बरिष्ट नेता नेपालबीच टसल भईरहेको बेला उनको यो चालबाजीले पार्टी एक गराउन दबाब बढ्ने अनुमान गरिएको छ ।
एमाले भित्रको विबाद उत्कर्षमा पुगेको बेला भुसालले आफूलाई स्वतन्त्र भूमिकामा राख्न संसदमा पत्र दर्ता गराएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया