श्रावण ४, २०८२ आइतबार July 20, 2025

जातीय विभेद प्रकरणः विभेद अन्त्यका लागि यथाशिघ्र पहल थाल्न नागरिक अगुवाको अपिल (पूर्णपाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: कोठा खोज्दा जातीय विभेदका कारण नदिने काठमाडौँ बबरमहलकी सरस्वती प्रधानमाथि कारबाही प्रक्रिया अगाडि बढाउने क्रममा प्रहरी हिराशतबाटै छुटाएर आफ्नो गाडीमा लिएर जाने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको कदमप्रति नागरिक अगुवाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपालमा जातीय विभेद सामाजिक अपराधसरह भएको भन्दै विभेद अन्त्यका लागि यथाशिघ्र पहल थाल्न पनि नागरिक अगुवाले सरकारसँग माग गरेका छन् ।

जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न नागरिक अगुवाहरुको अपिल

मिति २०७८ साल असार १ गते काठमाडौँमा रुपा सुनारले कोठा खोज्ने क्रममा, घरवेटी सरस्वती प्रधानबाट भएको जातिय विभेदको घटनामा, सिंहदरबारस्थित प्रहरी कार्यालयमा दिएको उजुरीमाथि नेपाल सरकारका शिक्षामन्त्रीले ठाडो हस्तक्षेप गरी, अनुसन्धान र छानविन विना आरोपितलाई उन्मुत्ति दिने कार्य गरिएको घटनाप्रति हामी नागरिक समाजको गम्भीर ध्यानकर्षण भएको छ ।

रुपा सुनारमाथि भएको जातीय विभेदको घटना नेपालको संविधान, जातीय भेदभाव तथा छुवाछूत र कसुर सजायँ ऐन २०६८ र मानव अधिकार हनन विरुद्धको सन्धी, महासन्धी विपरित दण्डनीय कार्य भएको हाम्रो ठहर छ । उक्त घटनामा गत असार ९ गते नेपाल सरकारका बहालवाला शिक्षा तथा प्रविधि मन्त्री श्री कृष्णगोपाल श्रेष्ठले शक्तिको दुरुपयोग गर्दै प्रहरीलाई दवाव दिई आरोपितलाई जमानतमा छुटाउन गरिएको कार्यले अनुसन्धान गर्र्ने अधिकारीको मनोबल कमजोर पार्नुका साथै स्वतन्त्र र निष्पक्ष छानविन प्रक्रियालाई नै प्रभावित पारेको र फौजदारी न्यायिक प्रक्रियालाई नै चुनौंति दिएको बुझिन्छ । सरकारी उच्चतहका व्यक्तिबाट भएको यसप्रकारको हस्तक्षेप हामीलाई किमार्थ स्वीकार्य हुने छैन ।

देशका बिभिन्न ठाउँमा दलित भएकै कारण कोठा भाडामा नदिनुु, पानी छोएको निउँमा कुटपिट गर्नु, अन्तरजातीय विवाह गरेकै कारण कुटपिट गर्नु र हत्यासमेत गर्नु लगायत सामाजिक विभेद भोगिरहेका दलित समुदायले सामाजिक न्यायका लागि आन्दोलन गरिरहनु परेको छ । दलित र गैरदलित दुवै मिलि यस्तो समाजिक विभेदको अन्त्य गर्नुपर्नेमा नेपाल सरकारका जिम्मेवार व्यक्तिबाटै दोषीलाई उन्मुक्ति दिने र संरक्षण गर्ने कार्यले दलित समुदायको न्यायको आकांक्षामाथि मात्र नभएर सिङ्गो सामाजिक न्यायको सुनिश्चिततामाथि नै गम्भीर प्रहार भएको हामीले महशुस गरेका छौं । त्यसैले सरकारबाटै यस्ता घटनालाई जातीय विभेदको रुप दिन चालिएको उक्त कदमप्रति हामी सरकारलाई सचेत गराउन चाहन्छौं ।

तसर्थ संबैधानिक र कानूनीरुपले दलितको समूदायको मौलिक हकको सुनिश्चित गर्न हरेक तह र तप्कामा हुने जातीय विभेदको अन्त्य गर्न अपिल गर्दछौ । कानूनी शासनको प्रत्याभूतिको लागि हरेक तहमा हुने प्रत्यक्ष र अप्रत्यक्ष हस्तक्षेपको अन्त्य गर्न जोडदार माग गर्दछौ ।

अपिल कर्ताहरुः

१. डा. शशि अधिकारी, काठमाडौँ
२. हरि शर्मा, राजनीतिक विश्लेषक, काठमाडौँ
३. डा. रेणु अधिकारी, अधिकारकर्मी, काठमाडौँ
४. इन्दु तुलाधर, अधिकारकर्मी, काठमाडौँ
५. डा. बिरेन्द्रराज पोखरेल, अपाड.अधिकारकर्मी, काठमाडौँ
६. मनिषा ढकाल, अधिकारकर्मी, काठमाडौँ
७. जगन्नाथ लामिछाने, अभियन्ता, काठमाडौँ
८. रबीन्द्रनाथ ठाकुर, मानवअधिकारकर्मी, कपिलबस्तु
९. प्रेम सापकोटा, अभियन्ता, काभ्रे
१०. केशव बादी, सामाजिक अभिन्यता, बर्दिया
११. प्रदिप परियार, काठमाडौँ
१२. सन्जु साह, अधिकारकर्मी, मोरड.
१३. भक्त विश्वकर्मा, कार्यवाहक अध्यक्ष, दलित गैह्रसरकारी महासंघ, काठमाडौँ
१४. रेम वि.क., पत्रकार तथा अधिकारकर्मी
१५. देबेन्द्र विश्वकर्मा, इलाम
१६. बिदुर सुबेदी, धनकुटा
१७. नबिन सिलवाल, अभियन्ता, धादिड.
१८. मनोमोहन स्वार, पत्रकार, कैलाली
१९. बसन्ती चौधरी, अधिकारकर्मी, कैलाली
२०. अधिवक्ता अजय शंकर झा, काठमाडौँ ।
२१. सुमन अधिकारी, अधिकारकर्मी
२२. अभय जोशी, दार्चुला
२३. भवानी प्रसाद पाण्डे, पत्रकार
२४. शिवनाथ यादव, युवा अभियन्ता, पर्सा
२५. नितु पोखरेल, महिला अधिकारकर्मी, काठमाडौँ
२६. किरण कौशल, पत्रकार, पाल्पा
२७. प्रभाकर बाग्चन्द, पत्रकार, कैलाली
२८. परिना थारु, यौनिक अल्पसंख्यक अधिकारकर्मी, बर्दिया
२९. देबीदत्त आर्चाय, अपाड.अधिकारकर्मी, बाँके
३०. खिमा वि.क., महिला अधिकाकर्मी, बर्दिया
३१. श्याम शाह, महिला अधिकारकर्मी, सिराह
३२. निर्मल उप्रेत्ती, अधिवक्ता, काठमाडौ ।
३३. दयासागर श्रेष्ठ, अधिकारकर्मी, काभ्रे
३४. डा. प्रकाश भट्राई, मानव अधिकारकर्मी, काठमाडौँ
३५. अनिता थपलिया, अधिबक्त, काठमाडौँ
३६. कमल बसेल, अधिकारकर्मी, रामेछाप
३७. सावित्रा घिमिरे, महिला अधिकारकर्मी, धनगढी
३८. उमेश विश्वकर्मा, अधिकारकर्मी, मोरड.
३९. जे.बी विश्वकर्मा, अधिकारकर्मी, काठमाडौँ
४०. अजित आर्चाय, अधिकारकर्मी, तनहूँ
४१. सुजिन सक्सेना, अनुसन्धानकर्ता, धनुषा
४२. टीका दाहाल, अपाड.अधिकारकर्मी, काठमाडौँ
४३. लक्ष्मी श्रेष्ठ, अधिकारकर्मी, कपिलबस्तु
४४. जनक राउत, द्वन्द्वपिडित अधिकारकर्मी
४५. दीपज्योति श्रेष्ठ, युवा अभियन्ता, नुवाकोट
४६. कैलाश न्यौपाने, अभियान्ता, काठमाडौँ
४७. रुपेश कर्ण, युवा अभियान्ता, जनकपुर
४८. बिबेक लामा, संगीतकर्मी, धादिंग
४९. नबिन सिलवाल, अभियान्ता, धार्दिड.
५०. कबी अधिकारी, अधिकारकर्मी, काठमाडौँ
५१. डा.अनिता श्रेष्ठ, महिला अधिकारकर्मी, काठमाडौँ
५२. सोम निरौला, मानव अधिकारकर्मी, काठमाडौँ

काठमाडौँ ।
असार १५, २०७८

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार