काठमाडौंः सत्तारुढ दल नेकपा एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक बस्दैछ । कार्यदलको बैठक केहिबेरमा बस्न लागेको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभएको छ ।
एमाले कार्यदल ब्युँतिएको सम्बन्धमा प्रतिक्रिया दिनुहुदै नेम्वाङले कार्यदलको बैठक पार्टी एकताबद्धताका लागि बस्न लागेको बताउनुभयो । कार्यदल बैठकका लागि एमाले नेता माधवकुमार नेपाल पक्ष पनि सकारात्मक देखिनुभएको पनि उहाँले बताउनुभएको छ ।
कार्यदलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णु रिमाल हुनुहुन्छ भने नेता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुषाल हुनुहुन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया