श्रावण ४, २०८२ आइतबार July 20, 2025

प्रतिनिधिसभा पुनःस्थापना हुनेमा विश्वस्त छु : प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ ।

धनुषा निवासी माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवका निधनमा श्रद्धाञ्जलि दिन आज जनकपुरधाम आउनुभएका अध्यक्ष दाहालले सर्वोच्च अदालतमा बुझाइएको १४६ सांसदको हस्ताक्षरका आधारमा अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने बताउनुभयो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेशी असार २८ गतेका लागि तोकिएको छ । अध्यक्ष दाहालले प्रधानमन्त्रीले अदालतलाई अनावश्यक दबाब दिन खोजेको आरोप पनि लगाउनुभयो ।

अर्को प्रसङ्गमा अध्यक्ष दाहालले संविधान त्रुटिपूर्ण रहेको स्वीकार्दै संशोधनका पक्षमा आफू रहेको स्पष्ट गर्नुभयो । उहाँले प्रदेश नं २ को नाम मधेश रहनुपर्ने पनि बताउनुभयो ।

अध्यक्ष दाहालले दिवङ्गत पार्टी केन्द्रीय सदस्य यादवका पार्थिव शरीरमा दलको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

धनुषाको शहीदनगर नगरपालिका–१ बालाबाखरका नेता यादव लामो समयदेखि अर्बुदरोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ जनयुद्धका बेलादेखि नै माओवादीमा सक्रिय हुनुहुन्थ्यो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोहन बैद्य ‘किरण’ को स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्ड टोखामा
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार
भाजपा सांसद कंगना र आर माधवन १० बर्ष पुनः पर्दामा सँगै
२०८२ श्रावण ४, आइतबार