श्रावण ४, २०८२ आइतबार July 20, 2025

काँग्रेस नेता रामजी कुवँरको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल ट्रेड युनियन काँग्रेसका सल्लाहकार तथा नेपाली काँग्रेसका नेता रामजी कुवँरको निधन भएको छ ।

केही हप्ताअघि कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनुभएका ६५ बर्षीय कुवँरको पछिल्लो परिक्षणमा नेगेटिभ आएपनि हिजो साँझ शिक्षण अस्पता महाराजगञ्जमा निधन भएको थियो ।

यसैबीच, नेपाली काँग्रेसले स्वर्गीय कुवँरको निधनप्रति गहिरो दुख व्यक्त गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल ट्रेड युनियन कांग्रेसका सल्लाहकार रामजी कुँवरप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यालय अनामनगमा आज बिहान पुगेर महामन्त्री कोइरालालगायत कांग्रेसका नेताहरुले कुँवरप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । आज बिहान ८ः३० देखि १० बजेसम्म केन्द्रीय कार्यालयमा राखिएको श्रद्धाञ्जलि कार्यक्रममा महामन्त्री कोइरालासहित पूर्वमहामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री सुनिलबहादुर थापा, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, गगनकुमार थापा, बद्री पाण्डे, प्रधानमन्त्रीका प्रमुख राजनीति सल्ल्लाहकार विष्णु रिमाल, नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवम् संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिंखडा, कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायतले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

यसैबीच, सोमबारै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य डा शेखर कोइरालाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर स्व कुँवरको परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो । लामो समयदेखि नेपालको ट्रेड युनियन आन्दोलनमा होमिनुभएका स्व कुँवर विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका प्रमुखको प्रत्याशी हुनुहुन्थ्यो । उहाँ कांग्रेसको १२औँ महाधिवेशनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य बन्नुभएको थियो । स्व कुँवरको शवलाई अन्त्येष्टिका लागि गृहजिल्ला कास्की लगिएको छ ।

यसैबीच, नेपाल ट्रेड युनियन कांग्रेसको आज बसेको आकस्मिक बैठकले कुँवरको निधनले नेपालको प्रजातान्त्रिक र श्रमिक आन्दोलनमा ठूलो क्षति पुगेको बताएको छ । बैठकले कुँवरको निधनप्रति केन्द्रीय कार्यालयसहित सम्पूर्ण जिल्ला कार्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको उपाध्यक्ष अजयकुमार राईले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार
भाजपा सांसद कंगना र आर माधवन १० बर्ष पुनः पर्दामा सँगै
२०८२ श्रावण ४, आइतबार
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा गत आवमा नौ अर्ब ४१ करोड राजस्व संकलन
२०८२ श्रावण ४, आइतबार