श्रावण ४, २०८२ आइतबार July 20, 2025

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ ।

एमाले कार्यदलको बैठक बिहान १०:३० बजेदेखि सुरु भएको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । पार्टी एकतामा केन्द्रित रहेर कार्यदलको बैठकमा छलफल हुने नेम्वाङको भनाई छ ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको संयुक्त वक्तव्य निकाल्ने प्रयासबारे सञ्चारमाध्यमहरुमा विभिन्न समाचार आएपनि कार्यदलका नेताहरुले यसबारे  आधिकारिक कुनै जानकारी दिनुभएको छैन तर पनि असार २१ गते कार्यदल पुनः सक्रिय भएपछि पार्टीका नेता, कार्यकर्ताहरु पार्टी एक हुनेमा आशावादी देखिएका छन् ।

असार २२ गतेको कार्यदलको बैठक विगतको भन्दा थप प्रगति भएको कार्यदलका नेताहरुले बताउनुभएको थियो । यसैगरी, छलफलका अनौपचारिक विषयहरु हिजोको कार्यदलको बैठकमा बुँदागत गरिएको नेताहरुले बताउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया