श्रावण ४, २०८२ आइतबार July 20, 2025

एमाले कार्यदलको बैठकमा जुटेन सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले आज पनि कुनै सहमति घोषणा गर्न सकेन ।

अर्थ मन्त्रालयमा आज ढिला गरी साँझ बसेको बैठकले सहमतिको खाका सार्वजनिक गर्न सकेन । एमाले उपाध्यक्ष भीम रावलले सहमतिको अन्तिम विन्दुमा पुगेको प्रतिक्रिया दिनुभयो । ‘अन्तिम अन्तिम विन्दुमा छौं, छिटो नै पूरा गरेर निष्कर्षमा पुग्नेछौं,’ उहाँको भनाइ छ ।

एमाले सचिव गोकर्ण विष्टले भोलि नै सहमति हुने दाबी गर्नुभयो । जबकी विष्टले नै शुक्रबार पनि भोलि अर्थात् आज सहमति हुने किटानका साथ भन्नुभएको थियो । ‘अब छलफलका विषयहरु छैनन्, समस्यालाई समग्रतामा समाधान खोज्ने प्रयास गरेका छौं,’ उहाँको भनाइ छ, ‘सुखद समाचार घोषणा गर्न सकेका छैनौं ।’

सत्तारुढ एमाले सर्वोच्च अदालतबाट पार्टी पुरन्स्थापित भएपछि पनि आन्तरिक विवादमा रुमल्लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया