श्रावण ३, २०८२ शनिबार July 19, 2025

राष्ट्र बैंकले आज पाँच अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज सोमबार पुुनः पाँच अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा पुरानो नवीकरणअन्तर्गतको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही असार २९ गते पनि राष्ट्र बैंकले २२ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

जारी मिति साउन ५ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।

बिक्री गरिने कुल ट्रेजरीमध्ये २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको २० करोड रुपैयाँको रहेको छ । राष्ट्र बैंकका अनुसार ती ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः यही १ गते र आगामी कात्तिक २ गते तोकिएको छ ।

यसअघि यही असार २९ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको आठ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । (आर्थिक दैनिकबाट)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार