श्रावण ४, २०८२ आइतबार July 20, 2025

माधव नेपाललाई जति गर्दा पनि फकाउन सकिएन : प्रवक्ता ज्ञवाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन नसकेको बताएका छन् ।

एमालेको केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले प्रवक्ता ज्ञवालीले नेता नेपाललाई पार्टीले मनाउन खोज्दा पनि नसकिएको बताएका हुन् ।

ज्ञवालीले भने, ‘उहाँका तीन वटा विषयमा असहमति रहेको पाइयो’, ‘कार्यदलको प्रस्तावप्रति असहमति थियो। उहाँले देउवालाई मत दिने विषयमा पछि हट्दिनँ भन्नुभयो। संस्थागत निर्णय मानेर जान सक्दिन भन्ने कुरा गर्नुभयो। जति गर्दा पनि फकाउन सकिएन ।’

नेकपा एमालेले २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया