श्रावण ३, २०८२ शनिबार July 19, 2025

काँग्रेस निर्वाचन समितिको सदस्यमा रावल नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यमा अधिवक्ता तेजबहादुर रावल नियुक्त हुनुभएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितिका सदस्य खम्बबहादुर खातीलाई महान्यायधिवक्तामा नियुक्त गरेसँगै रिक्त सदस्यमा कञ्चनपुरका रावललाई आइतबार नियुक्त गर्नुभएको हो ।

सभापति देउवाले पार्टीको विधानको धारा १५ (९) बमोजिम रावललाई नियुक्त गर्नुभएको हो । काँग्रेसको पाँच सदस्यीय निर्वाचन समितिको संयोजकमा महादेव यादव र सदस्यमा नवनियुक्त रावलसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी र एकराज पोखरेल रहनुभएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया