काठमाडौंः प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । मंगलबार बिहान सवा नौ बजे अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवा भेट्न प्रधानमन्त्री निवाश पुगेका हुन् ।
एमालेका वरिष्ट नेता माधवकुमार नेपाल र उपेन्द्र यादवसँग कोटेश्वरमा छलफल गरेपछि बालुवाटार पुगेका प्रचण्डले मन्त्रीमण्डल बिस्तार लगायत ओली सरकारले नियुक्त गरेका राजनितिक नियुक्ति लगायतका बिषयमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ । नियुक्ति खारेजीको माग गर्दै सोमबार नै अधिबक्ता ओम प्रकाश अर्यालले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन् ।
स्रोतका अनुसार नेपाल पक्षलाई पनि सरकारमा सहभागि गराउन कसरत भइरहेको छ । सरकारका सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा हिजो छलफल गर्ने भनिएपनि नभ्याईएपछि आज टुङ्गो लगाउने तयारी गठबन्धनका दलहरुले छलफल तिब्र पारेका छन् ।
प्रधानमन्त्री देउवा संसदबाट विश्वासको मत पाएसँगै मन्त्रिपरिषद बिस्तार गर्ने तयारीमा रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया