श्रावण ३, २०८२ शनिबार July 19, 2025

एमालेमा प्रभु साहले गरे १ सय ५१ सदस्यीय ‘आइटी आर्मी’को घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका नेता प्रभु साहको नेतृत्वमा आईटी आर्मीको घोषणा गरिएको छ । मंगलबार भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसमा आइटी आर्मी गठनको औपचारिक घोषणा गरिएको हो ।

सूचना प्रविधि (आईटी)को सहायताले मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथिती लगायतका विसंगति हटाउन सकिने आईटी आर्मीले जनाएको छ।

‘नेपालको संविधानमा समेत सञ्चारको हक र सूचनाको हकलाई मौलिक हकको रुपमा ग्यारेन्टी गरिएको छ। हिजो महिनौं लाग्ने कार्य आज क्षण भरमै सम्भव हुन पुगेको छ। यसको प्रयोगले समय, श्रम र लागतमा समेत गुणात्मक ह्रास ल्याई श्रम, उत्पादन, वितरण तथा अर्थ सम्वन्धमा समेत व्यापक बदलाव आएको छ’ जारी अन्तरिम घोषणा पत्रमा भनिएको छ।

विकसित सूचना प्रविधिको विश्वव्यापी फैलावटको प्रत्यक्ष प्रभाव नेपालमा पनि उल्लेख्य मात्रामा पर्नुलाई एक हदसम्म सकारात्मक सम्भावनाको रुपमा लिन सकिए पनि यसको सही उपयोग तपाईं हामीले गर्न नसकेको खण्डमा यो सम्भावना गम्भीर चुनौतीमा परिणत हुने खतरा पनि उतिकै भएको उल्लेख छ।

आईटीको सहायताले हामी मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथिति, विकृति कुशासन, अस्थिरता, एवं अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदहरुलाई बढावा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न सक्ने दाबी गरेका छन् । आइटी आर्मीको कमिटीमा एक सय ५१ सदस्यीय रहेका छन्।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार