काठमाडौंः नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समुहको स्थायी कमिटी बैठक बस्दै छ ।
प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सांसद्हरुसँग मंगलबार छलफल गरेका नेपालले बुधबारका लागि आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएका हुन् ।
देउवालाई विश्वासको मत दिने एमालेका सांसद्हरुलाई अध्यक्ष केपी शर्मा ओली समूहले स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएको छ ।
सोमबार बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले २२ जनालाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया